भारतीय ओपनर ब्याट्सम्यान धवन पनि तीन साताका लागि आइसीसीको मैदान बाहिर

आइसीसी एक दिवसीय विश्वकप क्रिकेट हाइलाइट

एजेन्सी
जेठ ३०, २०७६, बिहीवार

भारतीय ओपनर ब्याट्सम्यान शिखर धवन पनि तीन साता मैदान बाहिर रहने भएका छन् ।

अष्ट्रेलियाविरुद्धको खेलमा चोट बोकेपछि धवन तीन साता मैदान बाहिर रहने भएका हुन् । मैदान बाहिर रहने भएपछि धवनले इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको पाँच खेल गुमाउने भएका छन् ।

अष्ट्रेलियाविरुद्ध आइतबार भएको खेलमा धवनले बुढी औंलाको चोट बोकेका थिए । अष्ट्रेलियाविरुद्ध धवनले ११७ रनको शतकीय इनिङ्स खेलेका थिए । धवनको शतकीय इनिङ्समा भारतले अष्ट्रेलियालाई ३६ रनले हराएको थियो । अब धवनले विश्वकप अन्तर्गत न्युजिल्याण्ड, पाकिस्तान, अफगानिस्तान, वेष्ट इण्डिज र इंग्ल्याण्डसँगको खेल गुमाउने छन् । धवनले चोट बोकेपछि भारतलाई ठुलो झड्का लागेको छ ।