
पोखरा नागढुंगामा सबै किसिमका सवारीसाधनका लागि हुने टायरको आउटलेट तालबाराही अटोमोबाइल्स संचालनमा आएको छ।
पोखराको चाउथेमा रहेको भद्रकाली टायर रिसोलिङले आफ्नो शाखा विस्तार गरेको हो।
बजारको मागलाई मध्यनजर गरी पोखरा नागढुंगामा शाखा विस्तार गरेको युवा व्यवसायी हुमबहादुर खत्री ‘अर्जुन’ ले जानकारी दिएका छन्।
विगत १३ बर्षदेखि टायर रिसोलिङ तथा बस ट्रकको नयाँ टायरको सेवा दिंदै आएको कम्पनीले नागढुंगा शाखाबाट मोटरसाइकल, स्कुटर, कार, जीप, भ्यानलगायत संपुर्ण सवारी साधनको जुनसुकै साइडका नयाँ टायर विक्री केन्द«बाट सेवा सुरु गरेको हो।
उक्त शाखाबाट इण्डियन तथा चाइनिज ब्राण्डका टायर विक्री हुनेछ।
पोखरा बजार तथा सिद्धार्थ हाइवेलाई लक्षित गरी सेवा विस्तार गरिएको अर्का संचालक हितेष अधिकारीले जानकारी दिए।
विस्तारित शाखामा भद्रकाली टायर रिसोलिङबाट दिदैं आएको सेवालाई यथावत राखिएको छ।
मोटरसाइकलदेखि बस, ट्रक तथा ट्रयाक्टरका संपुर्ण साइजका टायर सर्वसुलभ तथा सुपथ मुल्य उपलब्ध गराएको संचालक हुमबहादुर खत्री ‘अर्जुन’ ले बताए।
अत्याधुनिक हाइड्रोलिक प्रविधिबाट टायर खोल्ने, फिटिङ गर्ने, निशुल्क खोल्ने तथा फिटिङ गर्ने, टायरको हावा चेक गर्ने, टायरसम्बन्धी संपुर्ण परामर्श सेवा प्रदान गरिएको छ।
निकट भविष्यमा आधुनिक प्रविधीको भाइकिंग गाडीको टयुबलेस टायर रिसोलिंगको सुरुवात गर्ने पनि केसीको योजना छ।