एकै खेलमा एण्डोरामाथि अमेरिकाले १३ गोल वर्षायो

फिफा महिला विश्वकप हाइलाइट

एजेन्सी
जेठ ३०, २०७६, बिहीवार

फिफा महिला विश्वकप फुटबलमा युनाईटेड स्टेट अफ अमेरिकाले कीर्तिमानी जित निकालेको छ ।

मंगलबार राति थाइल्याण्डविरुद्धको खेलमा १३–० को जित निकाल्दै अमेरिकाले कीर्तिमानी जित निकालेको हो ।

अमेरिकाले निकालेको यो जित महिला विश्वकप फुटबलकै सर्वाधिक ठूलो अन्तरको जित हो । यसअघि, जर्मनीले अर्जेन्टिनाविरुद्ध निकालेको ११–० को जित सर्वाधिक ठूलो अन्तरको जित थियो ।

फ्रान्सको रिम्समा भएको खेलमा अमेरिकाका लागि एलेक्स मोर्गन एक्लैले ५ गोल गरिन् । रोस लाभेले र सामन्था मेविसले २÷२ गोल गरिन् । त्यसबाहेक लिन्ड्से होरन, मेगान, मालोरी पुघ र कार्ली ल्योडले १/१ गोल गरिन् ।

फराकिलो जितसंगै अमेरिकाले प्रतियोगितामा उत्कृष्ट सुरुआत गरेको छ । समूह एफको अमेरिकाले पहिलो खेलमा ३ अंक जोडेको छ । यसै समूहको अर्को खेलमा स्विडेनले चिलीलाई २–० ले हराएको छ ।