यु–२० विश्वकपमा कोरिया पहिलो पटक फाइनलमा

यु–२० फिफा विश्वकप हाइलाइट

एजेन्सी
जेठ ३०, २०७६, बिहीवार

दक्षिण कोरिया पहिलो पटक यु–२० विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको सेमिफाइनलमा इक्वेडरलाई १–० गोल अन्तरले पराजित गर्दै कोरियाले पहिलो पटक फाइनल यात्रा तय गरेको हो ।

कोरियाको जितमा जुन चोइले ३९ औं मिनेटमा निर्णायक गोल गरेका थिए । पोल्याण्डमा जारी प्रतियोगिताको फाइनलमा अब कोरियाले युक्रेनसंग खेल्नेछ । युक्रेनले सेमिफाइनलमा इटालीको चुनौती १–० ले पन्छाएको थियो । युक्रेनको जितमा सेर्ही बुलेट्साले निर्णायक गोल गरे ।