गत साता चीन सीमानजिक दुर्घटनाग्रस्त भारतीय विमानका सबै यात्रुको मृत्यु

जेठ २० गते असमको जोराहाटबाट उडेको विमान उडेको आधा घन्टापछि सम्पर्कविहीन बनेको थियो

जनसम्मत
जेठ ३०, २०७६, बिहीवार

भारतको अरुणाचल प्रदेशमा गत साता दुर्घटनाग्रस्त भएको एएन–३२ विमानमा कोही पनि जीवित नरहेको भारतीय वायुसेनाले हालैमात्र जनाएको छ ।

‘उद्धार टोलीका आठ सदस्य दुर्घटनास्थल बिहीवार बिहान पुगेका थिए । एएन–३२ दुर्घटनामा परेका कोही पनि जीवित नरहेको जानकारी दिनुपर्दा भारतीय वायुसेना दुःखी छ,’ वायुसेनाले ट्वीट गरी जानकारी दियो ।

विमानमा रहेका १३ जनाको परिवारलाई खबर पठाइएको अधिकारीहरूले जनाएका छन् । विमानको भग्नावशेष लिपोभन्दा १६ किलोमिटर उत्तरतर्फ मंगलवार भेटिएको थियो । भग्नावशेष १२ हजार फीटको उचाइमा भेटिएको थियो ।

जेठ २० गते असमको जोराहाटबाट उडेको विमान उडेको आधा घन्टापछि सम्पर्कविहीन बनेको थियो ।