आइसीसी विश्वकपमा अष्ट्रेलियाले पाकिस्तानलाई हरायो

साविक विजेता अस्ट्रेलियाले दिएको ३ सय आठ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले ४५ दशमलव ४ ओभरमा सबै विकेटको क्षतिमा २ सय ६६ रन बनाएको थियो

एजेन्सी
जेठ ३१, २०७६, शुक्रबार

आइसीसी एकदिवसीय विश्वकप अन्तर्गत बुधबार राति भएको खेलमा अस्ट्रेलियाले पाकिस्तानलाई ४१ रनले हराएको छ ।

साविक विजेता अस्ट्रेलियाले दिएको ३ सय आठ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले ४५ दशमलव ४ ओभरमा सबै विकेटको क्षतिमा २ सय ६६ रन बनाएको थियो ।

पाकिस्तानका लागि इमाम उल हकले ५३ रन बनाए । मोहमद हाफिजले ४६, वहाव रियाजले ४५, कप्तान सरफराज अहमदले ४०, हसन अलीले ३२ र बाबर आजमले ३० रन बनाएका थिए । अस्ट्रेलियाका प्याट कुमिन्सले ३ विकेट लिए । मिचेल स्टार्क र केन रिचर्डसनले दुई÷दुर्ई तथा नाथन कल्टर नाइल र आरोन फिन्चले एक÷एक विकेट लिए ।

काउन्टी मैदानमा यसअघि पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ३९ ओभरमा सबै विकेटको क्षतिमा ३ सय ७ रन बनाएको थियो । अस्ट्रेलियाका लागि डेभिड वार्नर र एरोन फिन्चले पहिलो विकेटका लागि १ सय ४६ रनको उत्कृष्ट साझेदारी गरेका थिए । वार्नरले १ सय ७ रनको सतकीय पाली खेले । फिन्चले ८२ रन बनाए ।

यसैगरी, सन मार्सले २३, ग्लेन म्याक्सवेल र एलेक्स केरीले समान २०, उस्मान ख्वाजाले १८ र स्टेभन स्मिथले १० रन बनाए । पाकिस्तानका मोहमद अमिर एक्लैले पाँच विकेट लिए । साहिन अप्रिदीले दुई तथा हसन अली, वाहव रियाज र मोहमद हाफिजले एक/एक विकेट लिएका थिए ।