वर्षाका कारण भारत र न्युजिल्याण्डको खेल स्थगित, दुवै टोलीले बराबरी अंक बाँड्यो

न्युजिल्याण्डको तीन खेलमा ३ जितसहित ७ अंक, भारतको ३ खेलबाट २ जितसहित ५ अंक

एजेन्सी
जेठ ३१, २०७६, शुक्रबार

इङल्यान्ड र वेल्समा जारी एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत भारत र न्युजिल्यान्डबीचको खेल रद्ध भएको छ ।

वर्षाको कारण खेल सुरु हुने निर्धाति ४ घण्टा भन्दा बढि समयसम्म सुचारु हुन नसकेपछि भारत र न्युजिल्याण्ड दुबै टोलीले समान १ अंक बाँडेका छन् । यो सँगै न्युजिल्यान्ड ४ खेलमा ३ जितसहित ७ अंक बटुल्दै शीर्ष स्थानमा छ । भारत ३ खेलमा २ जितका साथ ५ अंक जोड्दै तेस्रो स्थानमा छ ।

भारतले आफ्नो चौथो खेल असार १ मा पाकिस्तानसँग खेल्ने छ । त्यस्तै, न्युजिल्यान्डले आफ्नो पाँचौ खेल असार ४ मा दक्षिण अफ्रिकासँग खेल्ने छ । जारी विश्वकपमा वर्षाको कारण खेल रद्द भएको यो चौथो पटक हो ।