यु–२० विश्वकपमा कोरियाको ऐतिहासिक खुशी

सेमिफाइनलमा दक्षिण कोरियाले इक्वेडरलाई १–० ले हराउँदै फाइनल स्थान पक्का गरेको थियो

एजेन्सी
जेठ ३१, २०७६, शुक्रबार

पोल्याण्डमा जारी फिफा यु–२० विश्वकपको फाइनलमा प्रवेश गरेपछि लुब्लिनस्थित लुब्लिन स्टेडियममा एसियाली राष्ट्र दक्षिण कोरियाका खेलाडीहरुले खुशीको सेलिब्रेट गरे ।

सेमिफाइनलमा दक्षिण कोरियाले इक्वेडरलाई १–० ले हराउँदै फाइनल स्थान पक्का गरेको थियो ।

कोरियाका लागि पहिलो हाफको ३९ औं मिनटमा चोइ जुनले एक मात्र निर्णायक गोल गरे । स्मरणीय छ, दक्षिण कोरियाले यहि मैदानमा दावेदार मानिएको आफ्नो छिमेकी प्रतिद्वन्द्वी जापानलाई नकआउट चरणमा हराएको थियो ।

दक्षिण कोरियाले अब फाइनलमा युक्रेनको सामना गर्दैछ । युक्रेनले भएको पहिलो सेमिफाइनलमा इटालीलाई १–० ले हराउँदै फाइनल स्थान सुरक्षित गरेको थियो । युक्रेनको पनि यो पहिलो फाइनल हो । फाइनल खेल शनिबार लोज स्टेडियममा दक्षिण कोरिया र युक्रेनबीच हुनेछ ।