आइसीसी यु–१९ महिला टी–२० विश्वकप एशिया छनोटमा नेपालले विजयी सुरुआत गरेको छ।
आज (बुधबार) भएको खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनले हरायो।
नेपालले दिएको १०३ रनको लक्ष्य पछ्याएको थाइल्यान्ड ११ ओभर ४ बलमा ३५ रन बनाउँदै अलआउट भयो।
थाइल्यान्डकी कप्तान अफिसाराले सर्वाधिक १३ रन बनाइन्।
नेपालकी रचना चौधरीले ४ विकेट लिइन्।
यस्तै, कप्तान पूजा महतो र रिया शर्माले समान २/२ विकेट लिए।
मनिषा उपाध्याय र कृष्मा गुरुङले समान १/१ विकेट लिए।
यसअघि, यूएईमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १०२ रन बनायो।
नेपालकी कप्तान पूजा महतोले सबैभन्दा धेरै ३५ रन बनाइन्।
यस्तै सीमना केसी र सोनी पाख्रिनले समान १९/१९ रन बनाए।
थाइल्यान्डकी चरुकन सेमाले २ विकेट लिइन्।
१९ वर्षमुनिको महिला टी–२० विश्वकप एशिया छनोटमा नेपाल, थाइल्यान्ड, यूएई र कुवेत छन्।
नेपालले दोस्रो खेलमा भोलि (बिहीबार) कुवेतसँग, आउँदो शनिवार यूएईसँग, कार्तिक २५ गते थाइल्यान्डसँग, कात्तिक २७ गते कुवेतसँग र अन्तिम खेलमा कार्तिक २८ गते यूएईसँग खेल्नेछ।
प्रतियोगिताको शीर्ष टोली अर्काे वर्ष मलेसियामा आयोजना हुने विश्वकपमा छनोट हुनेछ।