क्यानडाको टोरन्टो राप्टोर्सले जित्यो एनबीए बास्केटबल

ओरासेल एरिनामा भएको फाइनलमा टोरन्टोले दुई पटकको च्याम्पियन वारिवर्सलाई ११४–११० स्कोरले पराजित

एजेन्सी
जेठ ३२, २०७६, शनिबार

क्यानाडाको फ्रेन्चाइज बास्केटबल क्लब टोरन्टो राप्टोर्सले पहिलो पटक एनबीए बास्केटबल लिगको उपाधि जितेको छ ।

शुक्रबार भएको फाइनलमा गोल्डेन स्टेट वारिवर्सलाई पराजित गर्दै टोरन्टोले पहिलो पटक एनबीएको उपाधि जितेको हो । ओरासेल एरिनामा भएको फाइनलमा टोरन्टोले दुई पटकको च्याम्पियन वारिवर्सलाई ११४–११० स्कोरले पराजित ग¥यो ।

निकै प्रतिस्पर्धात्मक खेलको पहिलो क्वार्टरमा टोरन्टोले ३३–३२ ले अग्रता बनाएको थियो । दोस्रो क्वार्टरमा पनि टोरन्टोले २७–२५ को अग्रता बनायो ।

तेस्रो क्वार्टरमा भने टोरन्टो वारिवर्ससंग ३१–२६ ले पछि परेको थियो । चौथो क्वार्टरमा २८–२२ को अग्रता बनाउँदै टोरन्टोले उपाधि आफ्नो पक्षमा बनायो ।

योसँगै टोरन्टो एनबीएको उपाधि जित्ने अमेरिका बाहिरको पहिलो टिम बनेको छ । टोरन्टो एनबीएको उपाधि जित्ने पहिलो क्यानेडियन टिम समेत बनेको हो । प्रतियोगिताको फाइनलमा टोरन्टोका काव्ही लिओनार्ड मोस्ट भ्यलुएबल प्लेयर चुनिए ।