पोखरामा राष्ट्रपति रनिङशिल्ड सुरु

प्रतियोगितामा महानगरभित्रका सामुदायिक र निजी गरी ३८ विद्यालयका १ हजार विद्यार्थीले सात खेलमा सहभागिता छ

जनसम्मत
जेठ ३२, २०७६, शनिबार

पोखरा । पोखरा महानगरपालिकाको आयोजनामा प्रथम महानगर विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुक्रबारदेखि पोखरा रगंशालामा सुरु भएको छ ।

प्रतियोगिताको गण्डकी प्रदेशका आर्थिक मार्मिला तथा योजनामन्त्री किरण गुरुङले गरे ।

मन्त्री गुरुङले गण्डकी प्रदेशको समृद्धिलाई खेलकुदसँग जोडेर अगाडी बढाउने योजनासहित खेलकुद एकेडेमी निर्माण गर्ने योजना रहेको बताए । उनले प्रदेश सरकारले खेलकुदलाई महत्व दिएको बताउँदै खेल र खेलाडीलाई महत्व दिनुपर्नेमा जोड दिए ।

गुरुङले खेलाडीलाई प्रोत्साहन हुने कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । खेल स्वास्थ्यका लागि आवश्यक रहेको बताउँदै खेलकुदले स्वस्थ नागरिक बन्ने र त्यसले राष्ट्रको विकासमा भुमिका खेल्ने उल्लेख गरे । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख गंगाबहादुर गुरुङले स्वागत गरेका थिए ।

यसैबीच, शुक्रबार छात्रा तथा छात्र १५ सय मिटर दौडमा छात्रा भद्रकाली मावि कुँडहरकी सुजता बरालले ६

मिनेट १७ सेकेण्डमा उक्त दूरी पूरा गर्दैे पहिलो स्वर्ण पदक जितिन् । गौरीशंकर मावि हेमजाकी ओममाया फगामीले ७ मिनेट ५३ सेकेण्डमा पूरा गर्दै रजत र चिल्डे«न्स एकेडेमीकी अरपिता गुरुङले ८ मिनेटमा दौड पूरा गदै कास्य पदकमा चित्त बुझाइन् ।

यसैगरी, छात्रतर्फको प्रतिस्पर्धामा रत्नज्योति बोर्डिङ स्कुल रत्नचोकका किशोर आलेले ५ मिनेट १७ सेकेण्डमा दौड पूरा गर्दै स्वर्ण पदक जिते । गौरीशंकर मावि हेमजाका दिलिप बुढाथोकीले ६ मिनेट ५ सेकेण्डमा उक्त दूरी पार गर्दै रजतमा चित्त बुझाए । भद्रकाली मावि कुडँहरका सुरेश विकले ६ मिनेट ०६ सेकेण्डको समय लगाउँदै कास्य पदक जितेको कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले जानकारी दिएका छन् ।

राष्ट्रिय खेलकुद परिषदले राष्ट्रपति रनिङ शिल्ड प्रत्येक निर्वाचन क्षेत्रअनुसार प्रतियोगिता आयोजना गर्ने नीतिअनुसार महानगरपालिकाले पहिलो पटक प्रतियोगिता आयोजना गरेको हो ।

असार २ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा महानगरभित्रका सामुदायिक र निजी गरी ३८ विद्यालयका १ हजार विद्यार्थीले सात खेलमा सहभागिता जनाएका छन् ।

प्रथम हुने विद्यालयले ४० हजार रनिङ शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो हुने विद्यालयले ३० हजार र तेस्रो हुने विद्यालयले २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र छ ।

प्रतियोगिता उद्घाटन अघि गरिएको मार्चपासमा कास्की मोडर्नाइज्ड माध्यमिक विद्यालय प्रथम बन्यो । त्यस्तै, गोरखा बोर्डिङ स्कुल द्धितिय हुदाँ सैनिक आवासीय माध्यमिक विद्यालय तेश्रो भयो । विजेता विद्यालयलाई गण्डकी प्रदेशका आर्थिक मार्मिला तथा योजनामन्त्री किरण गुरुङ र महानगर प्रमुख मानबहादुर जिसीले ट्रफी प्रमाणपत्र प्रदान गरे । मार्चपासमा महानगरका १४ विद्यालयले सहभागीता जनाएका थिए ।