पोखराको रत्नमन्दिर र हिमागृहलाई सर्वसाधरणको लागि खुल्ला हुन्छ : प्रचण्ड

फेवाताल संरक्षणमा ध्यान दिन आग्रह गरेपछि उनले फेवाताल संरक्षणको लागि प्राधिकरण बनाएर जानुपर्छ

जनसम्मत
असार ६, २०७६, शुक्रबार

पोखरा । पुर्व प्रधामन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पोखराको रत्नमन्दिर र हिमागृहलाई सर्वसाधरणको लागि छिट्टै खुल्ला हुने बताएका छन् ।

पोखरामा पर्यटन ब्यबसायीहरु संगको भेटमा अध्यक्ष प्रचण्डले रत्न मन्दिर र हिमागृहलाई खुल्ला गरिने बताएका हुन् ।

ब्यवसायीहरुले गणतन्त्रपछि दरबार संग्रालय भइसकेको अबस्थामा पनि पोखरामा रहेको रत्नमन्दिर र हिमागृह खुल्न नसकेको गुनासो गरेका थिए । व्यवसायीहरुको गुनासो सुनेपछि प्रचण्डले प्रधानमन्त्रीसँग भेटेर यसबारे छलफल गर्ने र सर्वसाधारणको लागि खुल्ला गर्न आफूले पहल गर्ने प्रतिबद्धता जनाए ।

हिमागृह रत्नमन्दिर खुल्ला गर्दा पनि पर्यटकको बसाई लम्वाउन केही सहयोग पुग्ने प्रचण्डले उल्लेख गरे । प्रचण्डले ब्यबसायीहरुले फेवाताल संरक्षणमा ध्यान दिन आग्रह गरेपछि उनले फेवाताल संरक्षणको लागि प्राधिकरण बनाएर जानुपर्नेमा जोड दिए ।