पोखरा अन्तराष्ट्रिय विमानस्थलमा भारतबाट पहिलोपटक निजी विमान ओर्लिएको छ।
भारतको नयाँ दिल्लीबाट सिधै आएको युरोपेली कम्पनी जेल एयरको डीइ–इकेजेड सिंगल इन्जिन निजी विमान (बिहीबार) पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको हो।
निजी विमान चालक दलका ४ सदस्यसहित ४ विमान पोखरामा साँझ पौने ६ बजे ओर्लिएको पोखरा अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ।
विमान विहीबार राति पोखरामै बसेर शुक्रबार बंगलादेश जाने तयारी छ।
पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय व्यावसायिक उडान भने अहिलेसम्म हुन सकेको छैन।
यसअघि, पोखरामा विभिन्न देशबाट ९ वटा चार्टर्ड उडानहरू भएका छन्।