एसीसी यु–१९ पुरुषको एशिया कपमा नेपाल–श्रीलंका पहिलो खेल खेल्दै

नेपालको समूह ‘बी’ मा साविक विजेता बंगलादेश, श्रीलंका र अफगानिस्तान छन्

जनसम्मत
मंसिर १४, २०८१, शुक्रबार

एसीसी पुरुष १९ वर्षमुनिको एशिया कपको आफ्नो पहिलो खेलमा नेपालले आज (शुक्रबार) श्रीलंकासँग खेल्दैछ।

युएईको शारजाह क्रिकेट स्टेडियममा यो खेल नेपाली समयअनुसार बिहान पौने ११ बजे सुरू हुनेछ।

प्रतियोगिताको अन्तिम तयारीस्वरुप हेमन्त धामीको कप्तानीमा नेपालले भारतको प्रादेशिक टोली कर्नाटकसँग ५ खेलको एकदिवसीय अभ्यास श्रृंखला खेलेको थियो।

यो श्रृंखला ३–२ ले जितेको नेपाली टोली उच्च मनोबलका साथ प्रतियोगितामा सहभागिता जनाउँदैछ।

प्रतियोगितामा एशियाका ८ देश सहभागी छन्।

नेपालको समूह ‘बी’ मा साविक विजेता बंगलादेश, श्रीलंका र अफगानिस्तान छन्।

समूह ‘ए’ मा भारत, पाकिस्तान, जापान र युएई छन्।

नेपालले आफ्नो दोस्रो खेल १६ गते पर्सि (आइतवार) साविक विजेता बंगलादेशसँग र तेस्रो खेल आउँदो मंगलबार अफगानिस्तानसँग खेल्नेछ।

टेस्ट राष्ट्र श्रृंखलाको १९ वर्षमुनिको टोली १० खेलमा ५ पटक फाइनलसम्म पुगेपनि उपाधि जित्न सकेको छैन।

अहिलेसम्म ८ पटक एशिया कप खेलिसकेको नेपाल भने १ पटकमात्र सन् २०१७ मा प्रतियोगिताको सेमिफाइनलसम्म पुगेको थियो।

यसैबीच, आज (शुक्रबार) नै अर्को खेलमा साविक विजेता बंलादेश र अफगानिस्ताका टोलीले प्रतिस्पर्धा गर्नेछन्।

समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्।

तस्बीरः क्यान