बीच भलिबल लिग चरणमै जारी

महिलातर्फ १० र पुरुषतर्फ ७ खेल

जनसम्मत
असार ६, २०७६, शुक्रबार

पोखरा । पोखरामा जारी बीच भलिबल प्रतियोगिता अन्तरगत लिग चरणकै खेलहरु जारी छन् ।

प्रतियोगिता अन्तरगत शुक्रबार महिलातर्फ १० र पुरुषतर्फ ७ लिग चरणका खेलहरु भए ।

महिलातर्फको खेलमा कर्णाली ‘ए’ ले कर्णाली ‘बी’ लाई २१–१७ र २१–१५ को सोझो सेटले हरायो । दोस्रो खेलमा आर्मीले प्रदेश ५ ‘बी’माथि २१–१७ र २१–१६ को सोझो सेटले जित निकाल्यो ।

तेस्रो खेलमा प्रदेश १ ‘ए’ ले गण्डकीमाथि २१–१९ र २१–१५ को सोझो सेटले हरायो । त्यस्तै, अर्को खेलमा प्रदेश ३ ‘ए’ ले प्रदेश १ ‘बी’ माथि २१–१९ र २१–१२ को सोझो सेटले हरायो ।

त्यस्तै, पुलिसको ‘ए’ टिमले कर्णालीको ‘बी’ टिममाथि २१–७ र २१–१ को फरक स्कोरमा जित निकाल्यो । प्रदेश ३ ‘बी’ ले प्रदेश ५ ‘ए’ लाई २१–४ र २१–११ को सोझो सेटमा हरायो ।

नेपाल पुलिसको ‘बी’ टिमले प्रदेश नं १ को ‘ए’ टिममाथि २१–१७ र २१–१७ को सोझो सेटमा हरायो । सशस्त्र प्रहरी बलको एपीएफ ‘ए’ ले प्रदेश नं ३ को ‘बी’ टिमलाई २१–६ र २१–५ को सोझो सेटमा हरायो ।

त्यस्तै सशस्त्र प्रहरी बल एपीएफकै अर्को टिम ‘बी’ ले कर्णाली प्रदेशको ‘बी’ टिममाथि २१–८ र २१–७ को जित निकाल्यो । प्रदेश ५ को ‘बी’ ले प्रदेश १ को ‘बी’माथि २१–१९ र २१–१८ को जित निकाल्यो ।

प्रतियोगिताअन्तर्गत पुरुषतर्फको पहिलो खेलमा प्रदेश १ को ‘ए’ ले प्रदेश नं ५ लाई २१–१२ र २१–१४ को सोझो सेटमा हरायो । गण्डकी ‘बी’ ले सशस्त्र प्रहरी बलको एपीएफ ‘बी’ माथि २१–१३ र २१ को सोझो सेटमा जित निकाल्यो ।

त्यस्तै, नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको ‘ए’ ले प्रदेश ३ ‘बी’ लाई २१–१४ र २१–५ को सोझो सेटमा हरायो । अर्को खेलमा नेपाल पुलिस ‘बी’ ले सुदुरपश्चिम ‘बी’ माथि २१–४ र २१–१६ को सोझो सेटमा जित निकाल्यो ।

अर्को खेलमा नेपाल पुलिस ‘बी’ ले प्रदेश ३ ‘ए’ लाई २१–१५ २१–१२ ले हरायो । गण्डकी ‘बी’ ले आर्मी ‘बी’ माथि २१–१७ र २१–१८ को जित निकाल्यो । पुरुषतर्फको अन्तिम खेलमा कर्णाली ‘बी’ले प्रदेश ५ लाई २१–१८ र २१–१७ ले हरायो ।