प्रहरी नायव महानिरीक्षक बिनोद शर्मा घिमिरेद्धारा गण्डकी प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण

प्रहरी अधिकृतहरुद्धारा सफल कार्यकालको शुभकामनासहित प्रहरी नायव महानिरीक्षक घिमिरेलाई स्वागत गरिएको थियो

नारायण शाही
असार ६, २०७६, शुक्रबार

पोखरा । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा सरुवा भई आएका प्रहरी नायव महानिरीक्षक बिनोद शर्मा घिमिरेले शुक्रबार एक कार्यक्रबीच गण्डकी प्रदेश प्रहरी प्रमुखको कार्यभार ग्रहण गरेका छन् ।

नेपाल सरकार गृह मन्त्रालयको मन्त्रीस्तरीय जेठ ३१ गतेको निर्णयानुसार प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयबाट सरुवा भएर प्रहरी नायव महानिरीक्षक बिनोद शर्मा घिमिरे गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा आएका थिए ।

उक्तअवसरमा प्रहरी अधिकृतहरुद्धारा सफल कार्यकालको शुभकामनासहित प्रहरी नायव महानिरीक्षक घिमिरेलाई स्वागत गरे ।

पश्चीम क्षेत्रीय शसस्त्र प्रहरी गण पोखराको प्राङ्गणमा प्रहरीको एक टुकुडीले उनलाई सम्मान सलामी अर्पण गरेको थियो ।

स्वागत कार्यक्रममा गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक प्रकाशजंग कार्की, गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नबराज भट्ट, गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक बीरेन्द्रकुमार बस्याल, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीलगायत अन्य प्रहरी अधिकृतहरुको उपस्थिति थियो ।