बीच भलिबल फाइनल आज

महिलातर्फ पुलिस ‘ए’ फाइनलमा

जनसम्मत
असार ८, २०७६, आइतबार

पोखरा । विभागीय नेपाल पुलिसको ‘ए’ टिम पोखरामा जारी राष्ट्रिय बीच भलिबल प्रतियोगिताको फाइनल पुगेको छ ।

पहिलो सेमीफाइनल खेलमा पुलिसको ‘ए’ टिमले अर्को विभागीय नेपाली सेनाको त्रिभुवन आर्मीको टिमलाई २१–१५ र २१ १० को सोझो सेटमा हराउँदै फाइनल पुगेको हो ।

उसले फाइनलमा अर्को सेमीफाइनलिस्ट पुलिसकै ‘बी’ र सशस्त्र प्रहरी बलको एपीएफको ‘ए’ बीचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताअन्तर्गत शनिबार भएको महिलातर्फको पुलिसकै ‘बी’ र सशस्त्र प्रहरी बलको एपीएफको ‘ए’ बीचको खेल स्थगित भएको छ ।

दुबै टोलीले एक÷एक सेट जितेको खेल बेलुकी साँझ परेकोले समय अभावका कारण उक्त फाइनल खेल स्थगित हुन पुगेको थियो । पहिलो सेटमा पुलिसको ‘बी’ ले सशस्त्रको एपीएफ ‘ए’ लाई २१–१६ ले हराउँदा दोस्रो सेटमा एपीएफ ‘ए’ ले पुलिस ‘बी’लाई समान २१–१६ मै रोकेको थियो ।

प्रतियोगिताअन्तर्गत पुरुषतर्फ शनिबार लिग चरण्का १५ खेल भएको भलिबलका अन्तराष्ट्रिय रेफ्री टहलसिंह थापाले जानकारी दिए ।
जसमा प्रतियोगिताको लिग चरणको पहिलो खेलमा गण्डकी ‘ए’ ले प्रदेश १ ‘बी’ लाई २१–१४ र २१–१५ को सोझो सेटमा हरायो । दोस्रो खेलमा एपीएफ ‘ए’ ले प्रदेश १ ‘ए’ माथि २१–९ र २१–१६ को सोझो सेटमा जित निकाल्यो ।

तेस्रो खेलमा एपीएफ ‘बी’ ले कर्णाली ‘बी’ लाई २१–१० र २६–२४ ले हरायो । त्यस्तै, अर्को खेलमा त्रिभुवन आर्मी ‘ए ले सुदुरपश्चिम ‘ए’ माथि २१–१० र २१–१२ को सोझो सेटमा जित निकाल्यो ।

अर्को खेलमा नेपाल पुलिस ‘बी’ ले प्रदेश १ ‘बी’ लाई २१–१२ र २१–१९ ले हरायो । त्यस्तै, नेपाल पुलिसको ‘ए’ ले प्रदेश १ ‘ए’ माथि २१–१८ र २१–११ को सोझो सेटमा जित निकाल्यो ।

त्रिभुवन आर्मीको ‘बी’ ले एपीएफ ‘बी’ लाई २२–२० र २१–१५ ले हरायो । अर्को प्रतिस्पर्धात्मक खेलमा सुदुरपश्चिम ‘ए’ ले कर्णाली ‘बी’ माथि १७–२१, २१–१६ र १५–६ को जित निकाल्यो ।

त्यस्तै, गण्डकी ‘ए’ ले सुदुरपश्चिम ‘बी’ लाई २१–१० र २१–१६ को सोझो सेटले हरायो । अर्को खेलमा एपीएफ ‘ए’ ले प्रदेश ३ ‘ए’ माथि २१–११ र २१–१७ को सोझो सेटमा जित निकाल्यो ।

त्यसैगरी, अर्को खेलमा गण्डकी ‘बी’ ले कर्णाली ‘ए’ लाई २१–११ र २१–१३ ले हरायो । अर्को प्रतिस्पर्धात्मक खेलमा प्रदेश ३ ‘बी’ ले सुदुरपश्चिम ‘ए’ लाई २१–१४, १५–२१ र १५–१३ को जित निकाल्यो । अर्को रोमाञ्चक खेलमा प्रदेश ३ ‘बी’ ले कर्णाली ‘बी’ लाई २१–१८ र २१–१६ ले हरायो ।

प्रदेश ५ ले त्रिभुवन आर्मीको ‘ए’ र सुदुर पश्चिमको ‘ए’ टिमलाई वाक ओभर दिएको छ ।

प्रतियोगिताको पुरुषतर्फको क्वाटरफाइनल, सेमीफाइनल र फाइनल खेल आइतबार (आजै ) हुने रेफ्री थापाले बताए ।