जितको खुशीमा आयोजक राष्ट्र इजिप्ट टोलीको सेलिब्रेसन

कायरोमा शुरु अफ्रिका कप अफ नेसन्सको उद्घाटन खेलमा मोहम्मद सलाह प्रेरित आयोजक टोली इजिप्टले जिम्बाब्वेविरुद्ध १–० को जित दर्ता गर्दै विजयी शुरुवात गरेको छ

एजेन्सी
असार ८, २०७६, आइतबार

मोहम्मद सलाह प्रेरित आयोजक टोली इजिप्टले जिम्बाब्वेविरुद्ध १–० को जित दर्ता गर्दै विजयी शुरुवात गरेको छ ।

उद्घाटन खेलमा इजिप्टका महमु ट्रेजेगेटले पहिलो हाफको ४१ औं मिनेटमा गरेको गरेको गोल नै निर्णायक बनेको थियो । जितसँगै इजिप्ट समूह ‘ए’ मा ३ अंक जोडेको छ । जिम्बाब्वे पुछारमा छ ।

यो समूहमा कंगो र युगान्डा छन् । यो अफ्रिकन कप अफ नेशन्सको ३२ औं संस्करण हो । अफ्रिकी महादेशको सबै भन्दा ठूलो प्रतियोगिता अफ्रिका कप अफ नेसन्स हो ।

इजिप्ट सर्वाधिक ७ पटकको च्याम्पियन समेत हो । यस्तै, क्यामरुनले ५ र घानाले ४ पटक उपाधि जितेको छ । २०१७ मा भएको पछिल्लो संस्करणमा भने इजिप्ट क्यामरुनसँग फाइनलमा हारेको थियो । इजिप्टले पाँचौ पटक अफ्रिकन कप आयोजना गरेको हो।

अफ्रिकन नेसन्स अफ कपमा ६ समूहबाट २४ अफ्रिकन राष्ट्रले प्रतिस्पर्धा गर्दैछ । यसअघि, अफ्रिकाको ४८ राष्ट्रलाई १२ समूहमा विभाजन गरी छनोट चरणका खेलहरु खेलाइएको थियो । यस संस्करणबाट यस पटक मदागास्कर, मौरिटानिया र बुरुन्डीले डेब्यु गर्दैछन् ।२१ जुनदेखि १९ जुलाईसम्म हुने यस संस्करणमा इजिप्टको विभिन्न ४ शहरको ६ रंगशालामा खेलहरु हुनेछन् ।