नेपाली चलचित्र ‘आप्पा’ को नयाँ गीत ‘अमला’ सार्वजनिक

फिल्म ‘आप्पा’ नेपालसँगै भारतको २५ वटा हलहरुबाट एक साथ प्रदर्शन हुँदैछ

जनसम्मत
असार ११, २०७६, बुधबार

पोखरा । दयाहाङ राई अभिनित ‘आप्पा’ नेपाली चलचित्रको नयाँ गीत ‘अमला’ रिलिज भएको छ ।

गीत रिलिजसँगै सिनेमाको नयाँ रिलिज मिति पनि सार्वजनिक गरिएको छ । ‘अमला’ बोलको गीतमा हर्क साउदको शब्द, एसडी योगी र सुशान्त गौतमको संगीत रहेको छ । गीतमा मेलिना राई र एसडी योगीले युगल स्वर भरेका छन् ।

सिनेमाको सार्वजनिक गीतको निर्देशक रेनेशा वान्तवा राई हुन् । गीतको भिडियोलाई किरण थापा, बुद्ध लामा र सुरैन राईले कोरियोग्राफी गरेका हुन् । रवी न्यौपानेले छायाँकन गरेको गीतलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् ।

‘आप्पा’ असारको १३ गतेबाट नेपाल र भारतका सिनेमा घरहरुमा एकसाथ प्रदर्शन हुने भएको छ । बाबुछोराको सम्बन्धको कथामा निर्माण भएको सिनेमाका निर्देशक अनमोल गुरुङ हुन् । अनमोलले यसै सिनेमाबाट निर्देशनमा डेब्यू गर्दैछन् ।

चलचित्रका अभिनेता दयाहाङ मुख्य कलाकार हुन् । निर्देशक अनमोल गुरुङले फिल्मको निर्देशन गरेका छन् । फिल्म निर्देशनमा अनमोलले यसै फिल्मबाट डेब्यु गर्दैछन् ।

निर्देशक अनमोल गुरुङको कथा रहेको यो फिल्ममा गुरुङ र उमेश उपमाको पटकथा तथा संवाद रहेको छ । शैलेन्द्र डी कार्कीले छायाँकन गरेको यो फिल्ममा अनमोल गुरुङ र शैकात देवले संगीत भरेका छन् । फिल्मको सम्पादन भने निमेष श्रेष्ठले गरेका हुन् ।

निर्देशक गुरुङका अनुसार फिल्म ‘आप्पा’ नेपालसँगै भारतको २५ वटा हलहरुबाट एक साथ प्रदर्शन हुँदैछ । लामो समयपछि नेपाली फिल्म नेपाल र भारतमा एकै साथ रिलिज हुन लागेको निर्देशक गुरुङले बताएका छन् ।

भारतको नयाँ दिल्ली, कोलकता, मुम्बई, सिक्किम, आसाम, दार्जिलिङलगायतका मुख्य शहरहरुमा फिल्म ‘आप्पा’ प्रदर्शनमा आउने निर्देशक अनमोलले बताए । यो फिल्मले दार्जिलिङदेखि सन्दकपुरसम्मको यात्राको कथा बोकेको बताइएको छ । फिल्म आगामी असार १३ गतेबाट नेपाल तथा भारतमा एकसाथ रिलिज हुँदैछ ।

दयाहाङ राईसँगै सिद्धान्तराज तामाङ र अल्लोनाकाबो लेप्चाका अतिरिक्त बरिष्ठ निर्देशक तथा निर्माता तुलसी घिमिरे, अरुणा कार्कीलगायतका कलाकारहरुको फिल्म ‘आप्पा’ मा अभिनय रहेको छ ।