अर्जेन्टिना, कोपा अमेरिकाको क्वाटरफाइनलमा

सुरुवाती दुई खेलबाट मात्र एक अंक जोडेको अर्जेन्टिना कठिन मोडमा थियो

एजेन्सी
असार ११, २०७६, बुधबार

लियोनेल मेसी प्रेरित अर्जेन्टिना कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

आइतबार राति भएको खेलमा कतारलाई २–० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले अन्तिम ८ मा स्थान पक्का गरेको हो ।

सर्जियो अग्युरो र लौटारो मार्टिनेजको गोलको मद्दतले अर्जेन्टिनाले नकआउट चरणको यात्रा तय गरेको हो । मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई चौथो मिनेटमा अग्रता दिलाएका थिए । ८२ औ मिनेटमा सर्जियो अग्युरोले गोल गर्दै अर्जेन्टिनाको जित पक्का गरे । मिडफिल्डबाट बल अघि बढाउँदै दुई डिफेन्डरलाई बिट गर्दै उनले गोल गरेका थिए ।

समुह चरणको अर्को खेलमा पाराग्वे पराजित भएसँगै अर्जेन्टिना समूह उपविजेताको रुपमा अन्तिम ८ मा प्रवेश गरेको हो । सुरुवाती दुई खेलबाट मात्र एक अंक जोडेको अर्जेन्टिना कठिन मोडमा थियो । अर्जेन्टिनाले क्वाटरफाइनलमा भेनेजुएलासँग प्रतिस्पर्धा गर्नेछ ।