अर्जेन्टिनी, वार्सा लिजेण्ड फुटबलर मेस्सीको ३२ औं जन्मदिन

फ्यानहरूले ‘कोपा अमेरिकाको उपाधि जित्नु’ भन्दै शुभकामना दिएका छन्

एजेन्सी
असार ११, २०७६, बुधबार

विश्वकै फुटबलर महारथी लियोनेल मेस्सीको ३२ औँ जन्मदिन ।

अर्जेन्टिनाका राष्ट्रिय टोलीका स्ट्राइकर तथा स्पेनिस महारथी क्लब बार्सिलोनाका कप्तान मेस्सी सोमबारबाट ३२ वर्षमा प्रवेश गरेका छन् । उनको जन्म १९८७ जुन महिनाको २४ तारिखमा अर्जेन्टिनाको रोसारीओ भन्ने ठाउँमा भएको थियो ।

फ्यानहरूले ‘कोपा अमेरिकाको उपाधि जित्नु’ भन्दै शुभकामना दिएका छन् । मेस्सीलाई विभिन्न खेलाडीहरू र खेलप्रमीहरूले जन्मदिनको शुभकामना दिएका हुन् । सामाजिक सञ्जालभरी मेस्सीका फ्यानहरूले जारी ‘कोपा अमेरिकाको उपाधि उचाल्नु’ भन्दै उनलाई जन्मदिनको शुभकामना दिएका छन् ।

आइतबार राति भएको समूह चरणको अन्तिम खेलमा कतारलाई २–० ले पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिका २०१९ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।