बंगलादेशी क्रिकेटर सकीव अल असनले लिए कीर्तिमानी ५ विकेट

क दिवसीय विश्वकप क्रिकेटमा ४ सय रन र १० विकेट लिने पहिलो अलराउण्डर र विश्वकपको एकै खेलमा ५ विकेट र अर्धशतक बनाउने दोस्रा खेलाडी बन्दै उनले कीर्तिमानी राखेका छन्

एजेन्सी
असार ११, २०७६, बुधबार

बंगलादेशका लागि सकीब अल हसनले ५ विकेट लिए ।

बंगलादेशी क्रिकेटर सकीब अल हसनले घातक बलिङ गर्दै विश्वकपमा एक्लै पाँच विकेट लिने पहिलो बंगलादेशी क्रिकेटर बनेका छन् ।

योसँगै उनले कीर्तिमानी राखेका छन् । उनी विश्वकपमा बंगलादेशबाट ५ विकेट लिने पहिलो क्रिकेटर बनेका छन् । १० ओभरमा १ मेडन सहित २९ रन खर्चेर उनले सो कीर्तिमानी राखेका हुन् ।

एक दिवसीय विश्वकप क्रिकेटमा ४ सय रन र १० विकेट लिने पहिलो अलराउण्डर र विश्वकपको एकै खेलमा ५ विकेट र अर्धशतक बनाउने दोस्रा खेलाडी बन्दै उनले कीर्तिमानी राखेका छन् ।