नेपाली फिल्म ‘एकलव्य’को ‘पूर्वै चल्न्या रेल’ गीत सार्वजनिक

लोक गीत शैलीमा बनाइएको उक्त गीत रामचन्द्र काफ्ले र जुनु रिजालले गाएका हुन्

जनसम्मत
असार ११, २०७६, बुधबार

पोखरा । आगामी साउनको १० गतेबाट देशभर प्रदर्शनमा आउन लागेको फिल्म ‘एकलव्य’ को ‘पूर्र्वै चल्न्या रेल’ बोलको गीत सार्वजनिक गरिएको छ ।

लोक गीत शैलीमा बनाइएको उक्त गीत रामचन्द्र काफ्ले र जुनु रिजालले गाएका हुन् । राजेन्द्र बजगाईंको शब्द रहेको उक्त गीतलार्ई राजेन्द्रले नै संगीत भरेका छन् ।

गीतमा फिल्मका अभिनेता सोनाम थापामगर र मोडल सन्ध्या भट्टराईले ठुम्का लगाएका छन् । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा सय बढी कोरसले सोनाम र सन्ध्यालाई साथ दिएका छन् । दर्जन बढी फिल्ममा सहायक निर्देशक भएर काम गरेका अनमोल शर्माले यसलाई निर्देशन गरेका हुन् ।

पारिवारिक प्रेमकथामा आधार बनाएर निर्माण गरिएको फिल्ममा सोनामसँगै ओसिन भट्टराई, महिला सिलवाल, पुष्कर राउत, शुशिल पोखरेल, शुष्मा कार्की, राजेन्द्र दुलाल, बिराग लोगुनसहितको अभिनय रहेको छ ।

‘एकलव्य’ लाई राजेन्द्र दुलाल, सोनाम थापामगर र अभी थापामगरले निर्माण गरेका हुन् । कविराजसँगै रामजी लामिछानेले फिल्मको गीतमा कोरियोग्राफी गरेका छन् ।

राजेन्द्र बजगाईंको गीत तथा संगीत, भोजराज देवकोटाको पटकथा तथा संवाद, कृष्ण श्रेष्ठको छायांकन रहेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन् ।