पोखरा महानगरपालिकाको बजेट बहुमतबाट पारित

महानगरले आर्थिक वर्ष २०७६/०७७ को लागि ७ अर्ब ५४ लाखको बजेट प्रस्तुत गरेको थियो

जनसम्मत
असार १२, २०७६, बिहीवार

पोखरा । पोखरा महागनरपालिकको ०७६/ ७७ को बजेट पारित भएको छ । प्रतिपक्षी दल कांग्रेसका निर्वाचित प्रतिनिधिहरुको विरोधका बावजुद पनि पाँचौ नगरसभाबाट बजेट पारित भएको घोषणा गरिएको हो ।

महानगरले मंगलबार आर्थिक वर्ष २०७६/०७७ को लागि ७ अर्ब ५४ लाखको बजेट प्रस्तुत गरेको थियो ।

पोखरा महानगरपालिकामा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको बहुमत रहेको छ भने पोखरा महानगरका ११ वटा वडामा कांग्रेसले जितेको छ ।