खुमनको ‘१४ अञ्चल ससुराल’ गीत सार्वजनिक

‘१४ अञ्चल ससुराल, कस्तो मालामाल !! कोइलाई भने हाहाकार, मैलाई फालाफाल !! निर, क्या छ, माया जाल !!’ मा मोडलहरु पल शाह र सारा सिर्पालीको फिचर छ

जनसम्मत
असार १२, २०७६, बिहीवार

पोखरा । लोकदोहरी क्षेत्रका सफल गायक खुमन अधिकारकिो डिजे गीत ‘१४ अञ्चल ससुराल’ ले निकै चर्र्चा पाएको छ । लोकभाका रहेको यस गीतलाई पछिल्लो समय विशेषगरी युवा पुस्ताले मन पराएका छन् ।

पल शाहले मोडलिङ गरेका म्यूजिक भिडियो ‘१४ अञ्चल ससुराल’ सार्वजनिक गरिएको हो । ‘१४ अञ्चल ससुराल, कस्तो मालामाल !! कोइलाई भने हाहाकार, मैलाई फालाफाल !! निर, क्या छ, माया जाल !!’ यो भिडियोमा पलले सारा सिर्पालीसँग जोडी बाँधेका छन् ।

गीतमा अराज केशवले ¥याप हानेका छन् । माधव न्यौपानेको शब्द तथा संगीत छ । विक्रम चौहानको निर्देशनमा बनेको भिडियोमा अर्जुन तिवारीको छायांकन र सुप्रिम पराजुलीले सम्पादन गरेका छन् । गीतलाई मिनाक्षी इन्टरटेन्मेन्टले बजारमा ल्याएको हो ।