हट्यो ‘गलबन्दी’ को विवाद

सहमतिअनुसार गलबन्दी लोकदोहोरीको संगीत सिर्जना शम्भु राई र पुनः संगीत सिर्जना प्रकाश सपुत हुने गरी शम्भु राईको समेत नाम समावेश गर्ने शम्भु राई र प्रकाश सपुतबीच सहमति

जनसम्मत
असार १२, २०७६, बिहीवार

पोखरा । सर्जकद्वय शम्भु राई र प्रकाश सपुतबीच लोकप्रिय दोहरी गीत ‘गलबन्दी’बारे देखिएको विवाद सुल्झिएको छ ।

केही समय पहिलेबाट देखिएको ‘गलबन्दी’ को गीतबारे दुवै गायकबीच उनीहरुले बुधबार सहमति गरेर विवाद टुंगाएका हुन् ।

सांगीतिक क्षेत्रका विभिन्न संघसंस्थाको समन्वयमा बुधवार भएको छलफलपछि उनीहरुले सहमति जनाएका हुन् । सहमतिअनुसार गलबन्दी लोकदोहोरीको संगीत सिर्जना शम्भु राई र पुनः संगीत सिर्जना प्रकाश सपुत हुने गरी शम्भु राईको समेत नाम समावेश गर्ने सहमति भएको छ ।

गलबन्दीले प्राप्त गर्ने आर्थिक लाभ र रोयल्टीमा भने शम्भु राईको हकदाबी नहुने समेत सहमतिमा उल्लेख छ । सहमतिपछि शम्भु राईले विभिन्न निकायमा दिएका उजुरी फिर्ता लिने सहमति समेत भएको छ । सहमतिपत्रमा दुवैले हस्ताक्षर गरेका छन् । दुवै पक्षबीच भएको सहमतिपछि गलबन्दीको विवाद मिलेको हो । सहमतिपछि उनीहरुले सेल्फी खिचाएका छन् ।