अष्ट्रेलिया आइसीसी विश्वकप क्रिकेटको सेमिफाइनलमा

जितसँगै अष्टेलिया ७ खेलमा ६ जितका साथ शीर्ष स्थानमा उक्लिएको छ, इङल्यान्ड ७ खेलमा ४ मा जित र ३ मा हारका साथ चौथौ स्थानमा छ

एजेन्सी
असार १२, २०७६, बिहीवार

एकदिवसीय विश्वकप अन्तर्गत हिजो राति समपन्न ३२ औँ खेलमा साविक विजेता अष्ट्रेलियाले घरेलु टोली इङल्यान्डलाई ६४ रनले पराजित गरेको छ ।

२ सय ८६ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड ४४ दशमलव ४ ओभरमा अल आउट हुँदै २ सय २१ रनमै रोकिएपछि अष्ट्रेलियाको जित भएको हो । योसँगै अष्ट्रेलिया फाइनलका लागि अघि बढेको छ ।

इङल्यान्डका लागि बेन स्टोक्सले सर्वाधिक ८९ रनको योगदान दिए । अन्य खेलाडीले राम्रो प्रदर्शन नगर्दा इङल्यान्ड पराजित भएको हो । त्यस्तै, जोनी बेयरस्टोले ३९ बलमा ५ चौकासहित २७ रनको योगदान दिए ।

उनी १४ ओभरको पाँचौ बलमा क्याच आउट भए । मार्कस स्टोइनिसले २५, आदिल राशिदले २० बलमा ३ चौका र १ छक्कासहित २५, क्रिस अष्ट्रेलियाका लागि जेसन बेहरनडर्फ ५, मिचेल स्टार्कले ४, मार्कस स्टोइनिसले १ विकेट लिए । वोक्सले २६, मोइन अलीले ६ र जोफ्रा आर्चरले १ रन जोडे ।

अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ८५ रन बनाउन ओपनर आरोन फिन्चको शतकको योगदान पाएको थियो । फिन्चले वान डे करियरको १५ औं शतक ११५ बलमा पुरा गरेर १ सय १६ औँ बलमा आउट भए ।

त्यस्तै, ओपनर डेविड वार्नरले ५३, उस्मान खवाजाले २३, ग्लेन म्याक्सवेलले १२, मार्कस स्टोइनिसले ८, स्टिभ स्मिथले ३८ रनमा आउट भए । इङल्यान्डका लागि क्रिस वोक्सले सर्वाधिक २ विकेट र जोफ्रा आर्चर, मार्क उड, बेन स्टोक्स र मोइन अलीले समान १ विकेट लिए ।

जितसँगै अष्टेलिया ७ खेलमा ६ जितका साथ शीर्ष स्थानमा उक्लिएको छ । इङल्यान्ड ७ खेलमा ४ मा जित र ३ मा हारका साथ चौथौ स्थानमा छ । अष्ट्रेलिया अंक तालिकाको शीर्षस्थानमा रहँदै दोस्रो चरणमा पुगेको छ । इङल्यान्डको सेमिफाइनल खेल्ने संभावना भने कठिन बनेको छ ।