अफ्रिकन नेसन्स कपमा साविक विजेता क्यामरुनको विजयी शुरुवात

जितसँगै समूह ‘एफ’को क्यामरुनले पहिलो खेलबाट ३ अंक जोडेको छ

एजेन्सी
असार १२, २०७६, बिहीवार

इजिप्टमा जारी अफ्रिकन नेसन्स कपमा साबिक विजेता क्यामरुनले गिनी–बिसाउमाथि जित निकाल्दै विजयी सुरुवात गरेको छ ।

नेसन्स कप अन्तर्गत क्यामरुनले खेलेको पहिलो खेलमा गिनी–बिसाउलाई २–० गोल अन्तरले जित निकाल्दै क्यामरुनले विजयी सुरुवात गरेको थियो । क्यामरुनको जितमा याया बनना र स्टेहान बहोकेनले एक एक गोल गरे ।

जितसँगै समूह ‘एफ’को क्यामरुनले पहिलो खेलबाट ३ अंक जोडेको छ । पराजित गिनी अंकविहीन बनेको छ । यस समूहअन्तर्गत नै भएको अर्को खेलमा घाना र बेनिनले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।