एएफसी कपबाट मनाङ मस्र्याङ्दी बाहिरियो

समूह ‘ई’ मा रहेको मनाङले ६ खेलबाट २ अंक मात्रै जोड्न सफल रह्यो

जनसम्मत
असार १२, २०७६, बिहीवार

पोखरा । मनाङ मर्स्याङ्दी क्लब एएफसी कपबाट बाहिरिएको छ ।

शहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मनाङ प्रतियोगितामा जितविहीन बन्दै प्रतियोगिताबाट बाहिरिएको हो ।

 सातदोबाटोमा भएको अन्तिम खेलमा भारतको चेन्नइयिन एफसीसँग ३–२ गोलले पराजित भएसँगै मनाङले एफसी कपको यात्रा समेत टुंगाएको छ । चेन्नइयिन भने मनाङलाई पराजित गर्दै अर्को चरणमा पुगेको छ ।

८८ औं मिनेटमा मोहम्मद राफीले व्यक्तिगत दोस्रो र टोलीका लागि विजयी गोल गोल गरेका थिए । खेलको शुरुमा चेन्नयिनले मनाङविरुद्ध २–० को अग्रता बनाएको थियो । खेलको ६७ औं मिनेटमा इला साबिया फिल्होले गोल गर्दै चेन्नइयिनलाई २–० को अग्रता दिलाए । ५३ औं मिनेटमा मोहमद राफीको गोलबाट चेन्नइयिनले ५३ औं मिनेटमा सुरुवाती अग्रता बनाएको थियो ।

खेलको ७९ औं मिनेटमा आफिज ओलावालेको दुई गोल मद्दतमा चेन्नयिनसँग मनाङले बराबरी गरेको थियो । खेलको ७२ औं मिनेटमा आफिज ओलावालेको काउन्टर अट्याकमा गोल गर्दै खेल १–२ मा ल्याएका थिए । त्यस्तै, खेलको ७९ औं मिनेटमा आफिज ओलावालेले व्यक्तिगत दोस्रो गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए ।

यसअघि नै एएफसी कपबाट बाहिरिसकेको मनाङको लागि अन्तिम खेल प्रतिष्ठाको विषय मात्र थियो । समूह ‘ई’ मा रहेको मनाङले ६ खेलबाट २ अंक मात्रै जोड्न सफल रह्यो । चेन्नइयिनले ११ अंक जोडेर दोस्रो चरणमा पुगेको हो ।