नेपालमा ‘आइफा अवार्ड–२०१९’

आगामी साउनको ९ देखि ११ गतेसम्म आइफा अवार्ड हुने भएको हो

जनसम्मत
असार १३, २०७६, शुक्रबार

पोखरा । चर्चित भारतीय आइफा अवार्ड–२०१९ नेपालमा हुने भएको छ ।

आगामी साउनको ९ देखि ११ गतेसम्म आइफा अवार्ड हुने भएको हो ।

असारको ५ र ८ गते बसेको मन्त्रिपरिषद् बैठकले इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आइफा अवार्ड) काठमाण्डौमा आयोजना गर्न स्वीकृति प्रदान गरिएको सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिएका छन् ।

अवार्डमा ६ सयभन्दा धेरै प्रतिनिधि रहनेछन भने ६० भन्दा धेरै भारतीय कलाकार तथा चर्चित व्यक्तिको उपस्थित रहने संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले जनाएको छ । काठमाडौंमा हुने भनिएको आइफा अवार्डको लागि दुई सय ५० सदस्यीय टोली आयोजकस्थल तयारीका लागि भारतबाट काठमाडौं आउँदैछन् ।