ज्योति  प्रकाशको ‘कति रातहरु’ सार्बजनिक

यस भिडियोमा पुस्तक रेग्मी, रञ्जु भुजेल र भिम मगरको अभिनय छ

जनसम्मत
असार १३, २०७६, शुक्रबार

पोखरा । गायक एवं संगीतकार ज्योति प्रकाशले स्वर र संगीत भरेको ‘कति रातहरु’ बोलको गीतको म्यूजिक भिडियो सार्बजनिक भएको छ ।

यसअघि ‘विन्ती छ मलाई’, ‘हिजो भन्दा आज राम्री’, ‘जाने निस्ठुरी’ लगायतका गीतबाट सफलता पाएका गायक ज्योति प्रकाशले यसपटक पनि नेपाली सुगम संगीतलाई माथि उठाउने प्रयास गरेका छन् ।

ज्योति प्रकाश एक सफल चित्रकार पनि हुन् । नेपाली चित्रकलामा ख्याति कमाएका ज्योति प्रकाशले नेपाली सुगम संगीतलाई अझ नयाँ उचाईमा लैजान सक्ने उनका प्रतिभाले देखाउँछ । सानैदेखि कला, संगीत र साहित्यमा रुचि राख्दै आए गायक ज्योतिको यस सार्बजनिक गीतको भिडियोमा नेपाली समसामयिक विषय बस्तु उठान गरिएको छ ।

चन्द्र भट्टचनद्वारा लेखिएको यस गीतलाई गायक ज्योति प्रकाशले आफैं संगीत भरेका छन् । ‘कति रातहरु’ बोलको गीतको भिडियोलाई मिलन कार्कीले निर्देशन गरेका छन् भने सन्तोष पिथाकोटीमगरले खिचेका हुन् । मिलन कार्की आफैंले सम्पादन गरेको यस भिडियोमा पुस्तक रेग्मी, रञ्जु भुजेल र भिम मगरको अभिनय छ । यस गीतलाई परेली संगीतको युट्युव च्यानलबाट सार्बजनिक गरिएको हो ।