आइसीसी विश्वकप क्रिकेटकमा न्यूजिल्याण्डमाथि पाकिस्तानको जित

जितसँगै पाकिस्तानले ७ खेलबाट ७ अंक जोडेको छ, पाकिस्तान तालिकाको पाँचौं स्थानमा छ, पराजित न्युजिल्याण्डको ७ खेलबाट ११ अंक छ, न्युजिल्याण्ड दोस्रो स्थानमा छ

एजेन्सी
असार १३, २०७६, शुक्रबार

विश्वकप क्रिकेटमा न्युजिल्याण्डलाई शान्दार जित निकालेको छ ।

दुई टोलीबीचको महत्वपूर्ण खेलमा जित निकाल्दै पाकिस्तान विजयी बनेको हो ।

पहिले ब्याटिङ गरेको न्युजिल्याण्ड पूरा ५० ओभर खेल्दै दुई सय ३७ रनमात्र बनाउन सफल भयो । जवाफी ब्याटिङ गरेको पाकिस्तानले अन्तिम ओभरमा ४ विकेट गुमाएर निर्धारित लक्ष्य पूरा गरेको थियो । प्रारम्भमै न्युजिल्यान्डका ब्याट्सम्यानहरु आउट भएपछि उसको अवस्था कमजोर देखिन्थ्यो । मध्यक्रमका ब्याट्सम्यानले सम्हालिएर खेल्दा न्युजिल्यान्ड मध्यम स्कोर बनाउन सफल भयो ।

पाकिस्तानका लागि बाबर आजमले शतक पूरा गरेर टोलीको जितमा ठूलो योगदान पु¥याए । बाबर र हरिस सोअलको जोडीले उत्कृष्ट ब्याटिङ गरी जित दिलाएका थिए । हरिसले पनि अर्धसतक पूरा गरे ।

पाकिस्तानको जितमा बाबर आजमले शतकीय इनिङ्स खेले । आजमले १ सय २७ बलमा ११ चौकासहित अविजित रहदै १०१ रन बनाए । जारी विश्वकपमा उनको यो पहिलो शतक हो । हरिस सोहिलले ६८ रनको अर्धशतकीय इनिङ्स खेले ।

त्यस्तै, मोहमद हाफिजले ३२ रन जोड्दा इमाम उलहकले १९ रन बनाए । न्युजिल्याण्डका ट्रेन्ड बोल्ट, केन विलियम्सन र लक्की फोर्गुसनले समान १ विकेट लिए ।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २ सय ३७ रन बनाएको थियो ।

मात्र ८३ रनमा पाँच विकेट गुमाएको न्युजिल्याण्डको इनिङ्सलाई जेम्स निशम र कोलिन डी ग्रान्डहोमले सम्हालेका थिए । दुवैले छैटौ विकेटका लागि १ सय ३२ रनको साझेदारी गरेका थिए ।

ओपनर मार्टिन गुप्टिले ५ रन कोलिन मुन्रोले १२ रनमा आउट हुदाँ कप्तान केन विलियम्सन ४१ रनमा पोभेलियनमा फर्किए । रोस टेलर ३ र टम लाथम १ रनमा आउट हुदाँ न्युजिल्याण्ड निकै खराब अवस्थामा थियो । त्यसपछि ब्याटिङमा आएका निशम र ग्रान्डहोमले न्युजिल्याण्डको ईनिङ्स उकासे ।

ग्रान्डहोम ६४ रनमा आउट हुदाँ निशम शतक बनाउन ३ रनले चुके । उनले १ सय १२ बलमा ५ चौका र ३ छक्काको मद्दतले ९७ रन बनाए ।

न्युजिल्याण्डलाई कम योगफलमा समेट्न साहिन साह अफ्रिदीले ३ तथा मोहमद आमिर र सादब खानले समान एक एक विकेट लिए ।
जितसंगै पाकिस्तानले ७ खेलबाट ७ अंक जोडेको छ । पाकिस्तान तालिकाको पाँचौं स्थानमा छ ।

पराजित न्युजिल्याण्डको ७ खेलबाट ११ अंक छ । न्युजिल्याण्ड दोस्रो स्थानमा छ । न्युजिल्याण्डको पनि सेमिफाइनल सम्भावना बलियो रहेको छ ।

यो जितसँग विश्वकप क्रिकेटको सेमिफाइनलमा पुग्ने बाँकी तीन टोलीबीच तिव्र प्रतिष्पर्धा हुने देखिन्छ । अष्ट्रेलियाले आयोजक इङ्ल्याण्डलाई हराएर सेमिफाइनलको यात्रा तय गरिसकेको छ ।