उपमेयर कप अन्तर नगरपालिका महिला फुटबलमा विराटनगर च्याम्पियन

विराटनगरकी रेखा पौडेल, ईमा राई, बिध्या राना र मनमाया लिम्बुले गोल गरिन्, बाह्रबिसेकी रुबिना पहरीले मात्रै गोल गर्न सफल भइन्

जनसम्मत
असार १३, २०७६, शुक्रबार

पोखरा । पहिलो संस्करणको उपमेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगितामा विराटनगर च्याम्पियन बनेको छ ।

बिहिबार भएको उपाधि भिडन्तमा बाह्रबिसे नगरपालिकालाई पेनाल्टी सुटआउटमा ४–१ गोल अन्तरले हराउँदै विराटनगरले उपाधि उचालेको छ । उपाधिसँगै विराटनगरले ५ लाख रुपैयाँ हात पा¥यो । उपविजेता बाह्रबिसेले ३ लाखमा चित्त बुझायो ।

हलचोकस्थित शसस्त्र प्रहरी बल एपीएफको मैदानमा खेलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टीमा बाह्रबिसेमाथि जित निकाल्न विराटनगर सफल रह्यो ।

विराटनगरकी रेखा पौडेल, ईमा राई, बिध्या राना र मनमाया लिम्बुले गोल गरिन् ।

बाह्रबिसेकी रुबिना पहरीले मात्रै गोल गर्न सफल भइन् । सुस्मा तामाङ र अनु राईको पेनाल्टी सुटआउट गोल हुन सकेन ।

यसअघि, खेलको २७ औं मिनेटमा बाह्रबिसेका सम्झना लावतीले गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिईन् । तर, खेलको ४७ औं मिनेटमा बाह्रबिसेकी जमुना मगरले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याइन् ।

प्रतियोगितामा बाह्रबिसेले वालिङ नगरपालिका र विराटनगरले चौदण्डी गढीलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका थिए । अखिल नेपाल फुटबल संघ एन्फाको महिला समितिले आयोजना गरेको प्रतियोगितामा १८ टोलीले प्रतिस्पर्धा गरेको थियो ।