नेपाल सुपर लिग: चितवन र झापाले बराबरी खेल्यो

यो नतिजासँगै शीर्ष स्थानको चितवनले ३ खेलबाट ७ अंक पुर्‍याएको छ

जनसम्मत
चैत्र २४, २०८१, आइतबार

नेपाल सुपर लिग (एनएसएल) सिजन–३ को फुटबलमा एफसी चितवन र झापा एफसीले बराबरी खेलेका छन्।

बराबरी खेलेका दुबै टोलीले समान १/१ अंक बाँडेका छन्।

काठमाण्डौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज (आइतबार) भएको खेलमा चितवनले झापासँग १–१ गोलको बराबरी खेलेको हो।

यो नतिजासँगै शीर्ष स्थानको चितवनले ३ खेलबाट ७ अंक पुर्‍याएको छ।

झापाले भने समान खेलबाट ३ बराबरी खेल्दै ३ अंक पुर्‍याएको छ।

झापाले १ स्थान सुधार गर्दै चौथो स्थानमा उक्लिन सफल भएको छ।

यसअघि, झापाले बुटवल लुम्बिनी एफसी र काठमाण्डौ रेजर्ससँग गोलरहित बराबरी खेलेको थियो।