नेपाल सुपर लिग: धनगढी एफसी र ललितपुर सिटीले बराबरी खेल्यो

ललितपुर ३ खेलबाट ५ अंकसहित तालिकाको दोस्रो स्थानमा छ, धनगढी २ खेलबाट ४ अंकसहित तालिकाको तेस्रो स्थानमा छ

जनसम्मत
चैत्र २३, २०८१, शनिबार

नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज (शनिबार) भएको दोश्रो खेलमा धनगढी एफसी र ललितपुर सिटीले बराबरी खेलेका छन्।

काठमाण्डौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुबै टोलीले कुनैपनि गोल गर्न सकेन।

बराबरी खेलेपछि दुवै टोलीले समान १/१ अंक बाँडेका छन्।

धनगढीले २ खेलमा ४ अंकसहित तालिकाको तेश्रो स्थानमा छ।

ललितपुरले ३ खेलबाट ५ अंकसहित ललितपुर दोश्रो स्थानमा छ।

यस्तै, पहिलो खेलमा पोखरा थन्डर्सले काठमाण्डौ रेजर्सलाई २–० गोलले हराएको छ।

यसअघि, दशरथ रंगशालामा आज नै भएको पहिलो खेलमा काठमाण्डौलाई हराउँदै पोखराले पहिलो जीत निकालेको हो।

पोखराका लागि स्टेफेन समिर बिनोङ र एलिजोन एलिजोनोभले समान १/१ गोल गरे।

जीतसँगै पोखरा ३ खेलबाट ३ अंकसहित तालिकाको चौथो स्थानमा उक्लिएको छ।

काठमाण्डौं समान खेलबाट २ अंकसहित काठमाण्डौ छैटौं स्थानमा छ।

७ टोली सहभागी प्रतियोगितामा चितवन एफसी २ खेलबाट ६ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ।

२ खेलबाट २ अंकसहित झापा एफसी पाचौं स्थानमा छ।

३ खेलबाट १ अंकसहित बुटवल लुम्बिनी एफसी तालिकाको पुछारमा छ।