यु–१९ अफगानिस्तानसँगको अन्तिम खेलमा नेपालको जीत

अफगानिस्तानले नेपाललाई पहिलो खेलमा १३० रन र दोस्रो खेलमा १ रनले हराएको थियो

जनसम्मत
चैत्र २७, २०८१, बुधबार

नेपाली यु–१९ को युवा टोलीले अफगानिस्तानसँगको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलामा जीत निकालेको छ।

नेपाली यु–१९ को युवा टोलीले अफगानिस्तानसँगको १९ वर्षमुनिको टोलीलाई हराएको हो।

अफगानिस्तानको यु–१९ को टोलीसँगको तेस्रो तथा अन्तिम युथ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले जीत निकालेको हो।

यद्यपी, अफगानिस्तानको यु–१९ टोलीले यसअघि नै २ खेल जित्दै श्रृंखलामा जीत हात पारिसकेको थियो।

काठमाण्डौंको मूलपानी क्रिकेट मैदानमा आज (बुधबार) भएको खेलमा नेपालले अफगानिस्तानलाई डीएलएस मेथडका आधारमा ८५ रनले हरायो।

नेपालले दिएको १९२ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २० ओभर १ बलमा ६ विकेट गुमाएर ४६ रन बनाएको अवस्थामा खेल वर्षाका कारण रोकिएको थियो।

वर्षाका कारण खेल सुरू हुन नसकेपछि नेपाल डीएलएस मेथडमा विजयी बनेको हो।

अफगानिस्तानका फैसल शिनोजादाले सर्वाधिक १६ रन बनाए।

अजिजुल्लाह मिया खिलले नटआउट १५ रन जोडे।

नेपालका अपराजित पौडेलले २ विकेट लिए।

दयानन्द मण्डल, विपिन शर्मा, सन्तोष यादव र अशोक धामीले समान १/१ विकेट लिए।

यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४४ ओभर ५ बलमा १९१ रन बनाउँदा अलआउट भयो।

नेपालका साहिल पटेलले सर्बाधिक ४६ रन बनाए।

निरजकुमार यादवले ४२ रन जोडे।

अफगानिस्तानका हफीज जाद्रनले सर्बाधिक ४ विकेट लिए।

अफगानिस्तानले नेपाललाई पहिलो खेलमा १३० रनले जितकेको थियो।

त्यसैगरी, अफगानिस्तानले नेपाललाई दोस्रो खेलमा १ रनले हराएको थियो।

आउँदो आइतवारदेखि घरेलु मैदानमा हुने आइसीसी १९ वर्षमुनिको विश्वकप छनोटको तयारीस्वरूप नेपाली यु–१९ को टोलीले अफगानिस्तानको यु–१९ को टोलीसँग श्रृंखला खेलेको हो।

१९ वर्षमुनिको विश्वकप छनोट पनि काठमाण्डौंकै मूलपानीमा हुनेछ।

छनोटमा नेपाल र अफगानिस्तानसहित हङकङ, यूएई र ओमानले खेल्नेछन्।