
४ देशीय टी–२० अन्तर्राष्ट्रिय श्रृंखलामा नेपालले कतारलाई ८ विकेटले पराजित गरेको छ।
हङकङमा आज (बुधबार) देखि सुरू भएको पहिलो खेलमा सहज जीत निकाल्दै नेपालले विजयी सुरूवात गरेको हो।
कतारले दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो।
ओपनर कुशल भुर्तेलले सर्वाधिक ३८ रन बनाए।
यस्तै, कप्तान रोहित पौडेल ३७ रनमा अविजित रहे।
त्यसैगरी, आसिफ शेखले ३३ रन थपे।
त्यस्तै, बसिर अहमद ३० रनमा अविजित रहे।
कतारका मुजीब उर रेहमानले २ विकेट लिए।
त्यसअघि, टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कतारले २० ओभरमा ५ विकेट गुमाएर १५१ रन बनाएको थियो।
कतारका कप्तान इक्रमुल्लाह खानले सर्वाधिक ५४ रन बनाए।
नेपालका करण केसी, सोमपाल कामी, नन्दन यादव, गुल्शन झा र ललित राजवंशीले समान १/१ विकेट लिए।
प्रतियोगितामा हङकङ, नेपाल, कतार र कुवेत सहभागी छन्।
नेपालले दोस्रो खेलमा भोलि (विहीबार) कुवेतसँग खेल्नेछ।
प्रत्येक टोलीले प्रत्येकसँग खेल्नेछन्।
शीर्ष २ मा रहने टोलीले फाइनल खेल्नेछन्।