नेपाल सुपर लिग: ललितपुर सिटी एफसी शीर्ष स्थानमा

ललितपुर एफसीले ४ खेलबाट ८ अंक बटुल्दै जारी लिगको शीर्ष स्थानमा छ

जनसम्मत
चैत्र २८, २०८१, बिहीवार

डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी नेपाल सुपर लिगको शीर्ष स्थानमा उक्लिएको छ।

काठमाण्डौंको त्रिपुरेश्वरस्थित दरशथ रंगशालामा बिहीबार साँझ भएको खेलमा एफसी चिवतनलाई २–१ ले हराउँदै ललितपुर शीर्ष स्थानमा उक्लिएको हो।

खेलमा ललितपुरका लागि मणि लामा र इमोह इजेकेलले गोल गरे।

चितवनका लागि भिक्टोर मानसारले गोल गरेका थिए।

खेलमा अग्रता पनि ललितपुरले नै लियो।

खेलको तेस्रो मिनेटमा इजेकेलले गोल गरेका थिए।

उनले मणि लामाको पासमा गोल गरेका थिए।

यो जारी सिरिजका सार्वधिक छिटो गोल हो।

७४ औं मिनेटमा चितवनले बराबरी गोल फर्कायो।

चितवनका विदेशी खेलाडी मानसारले गोल गरेका थिए।

तर, बराबरी धेरैबेर कायम रहेन।

८० औं मिनेटमा मणि लामाले गोल गरेका थिए।

ललितपुरको ४ खेलबाट ८ अंक भएको छ।

उसको यो दोस्रो जित हो।

अन्य २ खेलमा ललितपुर एफसी बराबरीमा रोकिएको थियो।

यता, चितवनको भने यो पहिलो हार हो।

यो हारपछि उसले शीर्ष स्थान गुमाएको छ।

चितवन, ४ खेलमा ७ अंकसहित दोस्रो स्थानमा झरेको छ।