नेपाल सुपर लिग: धनगढी एफसी शीर्ष स्थानमा

जारी एनएसएलमा हिजाजीको नाममा पहिलो ह्याट्रिक

जनसम्मत
चैत्र २९, २०८१, शुक्रबार

नेपाल सुपर लिगमा काठमाडौंलाई हराउँदै धनगढी शीर्ष स्थानमा उक्लिएको छ।

काठमाण्डौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज (शुक्रबार) साँझ भएको काठमाडौं रेजर्सविरुद्धको खेलमा धनगढी एफसीले ३–१ को नतिजा निकाल्दै लिगको शीर्ष स्थानमा उक्लिएको हो।

धनगढीका लागि ३ वटै गोल अहमद हिजाजीको नाममा रह्यो।

नेपाल सुपर लिगको तेस्रो संस्करणको पहिलो ह्याट्रिक धनगढी एफसीका स्ट्राइकर अहमद हिजाजीले आफ्नो नाममा लेखाएका छन्।

हिजाजीले ह्याट्रिक पूरा गरेका हुन्।

उनको ह्याट्रिक मद्दतमा धनगढीले काठमाडौं रेजर्समाथि ३–१ को जित निकाल्यो।

उनले पहिलो हाफमा १० मिनेट अन्तरमा ह्याट्रिक पूरा गरेका थिए।

खेलमा अग्रता भने काठमाडौंले लिएको थियो।

उसका अमाडोउ डिओपले २२ औं मिनेटमा गोल गरेका थिए।

तर, ३५ औं मिनेट हिजाजीले गोल गर्दै खेललाई बराबरीमा ल्याए।

४१ औं मिनेटमा हिजाजीले नै दोस्रो गोल गर्दै टिमलाई २–१ को अग्रता दिलाए।

पहिलो हाफको इन्जुरी समयमा तेस्रो गोल गर्दै हिजाजीले एनएसएलको पहिलो ह्याट्रिक पुरा गरे।

त्यसपछि खेलमा गोल नहुँदा धनगढी विजयी बन्यो।

यो जीतपछि धनगढी शीर्ष स्थानमा उक्लिएको छ।

धनगढीको ४ खेलबाट ८ अंक भएको छ।

समान अंक भएपनि ललितपुर सिटी गोल अन्तरमा पछि पर्दै दोस्रो स्थानमा झरेको छ।

यो हारले काठमाडौंको प्ले–अफ पुग्ने यात्रामा धक्का लागेको छ।

उसको ५ खेलबाट ५ अंक छ।

काठमाडौंले अब चितवनसँग अन्तिम खेल खेल्न बाँकी छ।