
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को आठौँ संघीय महाधिवेशन लुम्बिनीमा सुरु भएको छ।
फोनिजका संघीय अध्यक्ष गजुरधन राइको अध्यक्षतामा संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यतामा संचार संगठनको अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको छ।
महाधिवेशनमा देशभरबाट ५१७ जना प्रतिनिधि तथा प्रर्यवेक्षकहरूको सहभागिता छ।
‘समृद्धिको आधार, पूर्ण समावेशीको संचार’ भन्ने मूल नारासहित भइरहेको २ दिने महाधिवेशन उद्घाटन संचारमन्त्री गुरुङले पानसमा बत्ती बत्ती बालेर उद्घाटन गरे।
भोली (शनिबार) सम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ।