नेपाल सुपर लिग: ललितपुर सिटी एफसी शीर्ष स्थानमा

ललितपुर एफसी प्ले–अफमा पुग्ने पहिलो टिम, बुटवल लुम्बिनी लगभग प्ले–अफबाट बाहिरियो

जनसम्मत
चैत्र ३०, २०८१, शनिबार

नेपाल सुपर लिग (एनएसएल) फुटबलमा ललितपुर सिटी एफसी शीर्ष स्थानमा उक्लिएको छ।

काठमाण्डौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज (शनिबार) भएको दोश्रो खेलमा बुटवल लुम्बिनी एफसीलाई हराएपछि ललितपुर लिगको शीर्ष स्थानमा उक्लिएको हो।

ललितपुरले बुटवललाई २–० गोलले हराएको हो।

ललितपुरका लागि अनन्त तामाङ र सन्तोष कार्कीले १/१ गोल गरे।

२३ औं मिनेटमा अनन्तले गोल गर्दै ललितपुरलाई सुरुआती अग्रता दिलाए।

अनन्तले मणि लामाको कर्नरमा हेडमार्फत गोल गरेका थिए।

त्यसपछि ८८ औं मिनेटमा ललितपुरले अग्रता दोब्बर बनायो।

इमोह इजेकेलको पासमा सन्तोषले दोस्रो गोल गरेका थिए।

यो जीतसँगै ललितपुर ५ खेलबाट ११ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

र, ललितपुर प्ले–अफमा पुग्ने पहिलो टिम बनेको छ।

ललितपुर सिटी एफसीले क्वालिफायरमा पुग्ने संभावना पनि जिवितै राखेको छ।

समान खेलबाट बुटवल लुम्बिनी १ अंकसहित तालिकाको पुछारमा छ।

बुटवल लुम्बिनी एफसी भने लगभग प्रतियोगिताबाट बाहिरिएको छ।