वरिष्ठ पत्रकार भैरव रिसालको निधन

वरिष्ठ पत्रकार रिसाल पछिल्लो समय फोक्सो र मुटु समस्याबाट ग्रसित थिए

जनसम्मत
चैत्र २५, २०८१, सोमबार

वरिष्ठ पत्रकार भैरव रिसालको ९७ वर्षमा निधन भएको छ।

काठमाण्डौको वानेश्वरस्थित फ्रन्टलाईन अस्पतालमा रिसालको निधन भएको हो।

स्व. रिसालका परिवार स्रोतका अनुसार आइतबार बेलुका पौने ८ बजेतिर उनको निधन भएको हो।

पत्रकार रिसाल अस्वस्थ भएपछि अस्पताल भर्ना गरिएको थियो।

वरिष्ठ पत्रकार रिसाल पछिल्लो समय फोक्सो र मुटु समस्याबाट ग्रसित थिए।

स्व. रिसाल, भक्तपुरको सूर्यविनायक नगरपालिका–४, दधिकोटमा बस्दै आएका थिए। उनका श्रीमती, २ छोरा र २ छोरी छन्।

पत्रकार रिसालले आफ्नो शरीर पाटन अस्पताललाई दान दिने घोषणा गरेकाले उनको दाहसंस्कार गरिने छैेन।

वि.सं. १९८५ साउन २८ गते जन्मिएका पत्रकार रिसाल २०१३ सालदेखि पत्रकारिता क्षेत्रमा कृयाशील थिए।

पत्रकार रिसाल नेपाली भूमि लिपुलेक र लिम्पियाधुराको जनगणना काममा समेत सहभागी थिए।