नेपाल सुपर लिग: काठमाण्डौ रेजर्स एफसी तेस्रो स्थानमा

काठमाण्डौंले चितवनलाई २–० ले हरायो

जनसम्मत
वैशाख १, २०८२, सोमबार

नेपाल सुपर लिग (एनएसएल) फुटबलमा काठमाण्डौ रेजर्स एफसी तेस्रो स्थानमा उक्लिएको छ।

काठमाण्डौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज (सोमबार) भएको पहिलो खेलमा काठमाण्डौ एफसीले चितवनलाई हराउँदै लिगको तेस्रो स्थानमा उक्लिएको हो।

प्रतिस्पर्धात्मक खेलमा काठमाण्डौले चितवनलाई २–० गोलले हरायो।

काठमाण्डौको जीतमा बाकारी माने र अमाडोउ डियोपले गोल गरे।

यो जीतसँगै काठमाण्डौ ६ खेलबाट ८ अंकसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको हो।

काठमाण्डौंले प्ले–अफ पुग्ने संभावना कायमै राखेको छ।

चितवन ५ खेलमा ७ अंकसहित चौथो स्थानमा छ।

यस्तै, आज नै हुने सुपर लिगको दोस्रो खेल अहिले बेलुकी ६ बजे दोस्रो स्थानको धनगढी एफसी र छैटौं स्थानको झापा एफसी खेल्दैछन्।

तेस्रो संस्करणको सुपर लिग फुटबलमा ललितपुर, काठमाण्डौ, पोखरा, बुटवल लुम्बिनी, धनगढी, झापा र चितवन गरी सात टोली सहभागी छन्।

प्रतियोगिताको फाइनल खेल वैशाख १३ गते हुनेछ।