
झापा एफसी, नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताबाट बाहिरिएको छ।
प्रतियोगिताअन्तर्गत ललितपुर सिटी एफसीसँग बराबरी खेलेसँगै झापा बाहिरिएको हो।
काठमाण्डौंंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा झापा र ललितपुरको टोलिले १–१ को खेल बराबरीमा सकिएको थियो।
यस खेलसँगै ६ खेलबाट १२ अंक जोडेको ललितपुर शीर्ष स्थानमा उक्लिएको छ।
जीतविहीन बनेको झापाले समान खेलबाट ५ अंकका साथ छैटौँ स्थानमा रहेर लिगको अन्त्य गरेको छ।
ललितपुरले अब क्वालिफायरमा धनगढी एफसीको सामना गर्नेछ।
ललितपुरका लागि नवीन लामा र झापाका लागि कप्तान लाकेन लिम्बूले गोल गरे।
दुवै गोल दोस्रो हाफमा भएको हो।
खेलको ५४ औँ मिनेटमा नवीनको गोलमार्फत ललितपुरले पहिलो अग्रता लिएको लियो।
त्यसपछि, खेल ६५ औँ मिनेटमा लाकेनले गोल गर्दै झापालाई बराबरीमा ल्याए।
बिहीबार, चितवन र धनगढीबीच प्रतिस्पर्धा हुनेछ।