
नेपाल सुपर लिग (एनएसएल) फुटबलमा पोखरा थन्डर्स प्ले–अफमा पुगेको छ।
बुटवल लुम्बिनी एफसीलाई हराएसँगै पोखरा थन्डर्स प्ले–अफमा पुगेको हो।
लिग चरणको अन्तिम खेलमा जीत निकाल्दै पोखरा एनएसएलको प्ले–अफमा प्रवेश गरेको हो।
त्रिपुरेश्वरको दशरथ रंगशालामा आज (मंगलबार) भएको खेलमा पोखराले बुटवललाई २–० ले पराजित गरेको हो।
पोखराले ६ खेलबाट ८ अंक जोडेको छ।
पराजित बुटवल भने १ अंकसहित यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको थियो।
यसअघि, ललितपुर सिटी र धनगढी एफसी प्ले–अफमा पुगिसकेका छन्।
नेपाल सुपर लिग फुटबलमा भोलि (बुधबार) ललितपुर सिटी र झापा एफसी खेल्दैछन्।