
धनगढी एफसी नेपाल सुपर लिगको क्वालिफायरमा प्रवेश गरेको छ।
झापा एफसीलाई १–० ले पराजित गर्दैै धनगढी १ खेल बाँकी छँदै क्वालिफायरमा प्रवेश गरेको हो।
प्रतियोगिताको लिगचरण अन्तर्गतको ५ खेलबाट धनगढी ११ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ।
समान ११ अंक नै भएको ललितपुर सिटी एफसी दोस्रो स्थानमा छ।
अब क्वालिफायर १ मा धनगढी र ललितपुर खेल्ने छन्।
यी दुवै टिम लिगको अन्तिम खेलमा पराजित भएपनि शीर्ष २ मै रहने छन्।
काठमाण्डौंका त्रिपुरेश्वरस्थित सोमबार भएको खेलमा धनगढीको पक्षमा दोस्रो हाफमा गोल हात परेको थियो।
सर्जियो बार्बोजाले दायाँ भागबाट दिएको क्रसलाई सिक्स यार्ड बक्समा रहेका हिजाजीले हान्ने प्रयास गरेका थिए।
तर, झापाकौ दिपेश धिमालको खुट्टामा लागेर आत्मघाती गोल हुन पुग्यो।
यो हारसँगै झापाको प्ले–अफ संभावना कठीन बन्यो।
झापा एफसीले ५ खेलबाट ४ अंक जोड्दै छैठौं स्थानमा छ।
अब, उसले प्ले–अफमा पुग्न अन्तिम खेलमा चितवनलाई हराउनु पर्नेछ।
अर्को खेलमा पोखरा थन्डर्स पराजित हुनुपर्ने छ।