
नेपाल सुपर लिगको तेस्रो संस्करणमा चितवन एफसी पनि प्लेअफमा स्थान बनाएको छ।
दशरथ रंगशालामा बिहीबार साँझ भएको लिगको अन्तिम खेलमा धनगढी एफसीमाथि ३–१ को जीत निकाल्दै चितवनले प्ले–अफमा स्थानमा बनाएको हो।
एफसी चितवन पहिलो पटक प्ले–अफमा पुगेको हो।
यसअघिका दुवै संस्करणमा चितवन समूह चरणबाटै बाहिरिएको थियो।
यो जीतपछि १० अंकसहित चितवन तेस्रो हुँदै प्ले–अफमा पुगेको हो।
अब, चिवतनले एलिमिनेटर खेल्ने छ।
चिवतनले एलिमिनेटरमा लिगमा चौथो बनेको पोखरा थन्डर्ससँग खेल्ने छ।
यता, चितवन प्ले–अफमा पुग्दा काठमाडौं भने प्रतियोगिताबाट बाहिरिएको छ।
काठमाण्डौंं रेजर्स एफसी ८ अंकसहित पाँचौं स्थानमा रह्यो।
धनगढी भने यसअघि नै प्लेअफमा पुगिसकेको थियो।
धनगढी ११ अंकसहित दोस्रो बन्यो।
धनगढीले क्वालिफायरमा शीर्ष स्थानको ललितपुर सिटी एफसीसँग खेल्ने छ।
दशरथ रंगशालामा चितवनले १ गोलले पछि परेको अवस्था उल्टाउँदै जीत निकालेको हो।
चितवनका लागि नोदिर माभलानोभ र जय गुरुङले समान गोल गरे।
अर्को गोल धनगढीका अमृत श्रेष्ठले आत्मघाती गोल गरेका थिए।
धनगढीका लागि जर्ज प्रिन्स कार्कीले गोल गरे।
खेलको सातौं मिनेटमा जर्ज प्रिन्सले गोल गर्दै धनगढीलाई अग्रता दिलाएको थियो।
१४ औं मिनेटमा कप्तान नोदिरले पेनाल्टीमा गोल गर्दै खेललाई बराबरीमा ल्याए।
जय गुरुङले इन्जुरी समय गोल गरेपछि पहिलो हाफमा चितवनले २–१को अग्रता लियो।
दोस्रो हाफमा पनि चितवनले गोल थप्यो।
५० औं मिनेटमा धनगढीका अमृतले आत्मघाती गोल गरे।