
प्राडा इन्द्रप्रसाद तिवारी, गण्डकी विश्वविद्यालयको कुलपतिमा नियुक्त भएका छन्।
मुख्यमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले शुक्रबार तिवारीलाई कुलपतिमा नियुक्त गरेका हुन्।
यसअघि, २१ चैतमा कुलपति सिफारिस समितिले कुलपतिका लागि तिवारीसहित प्रा. डा. विश्वकल्याण पराजुली र प्राडा सरोज कोइरालाको नाम सिफारिस गरिएको थियो।
छनोट समितिको संयोजकमा प्राडा कैलाशनाथ प्याकुरेलसहित सदस्यद्वय प्रदेश लोकसेवा आयोग सदस्य कल्पना लम्साल र न्यायिक परिषद् सदस्य डा यमुना घले सदस्य गरेका थिए।
पोखरा महानगरपालिका–३१, का तिवारी पोखरा विश्वविद्यालय स्कूल अफ सोसल साइन्सका पूर्वडिन हुन्।
यसले गण्डकी विश्वविद्यालय ऐन, २०७६ गण्डकी प्रदेशसभाबाट २७ असोज २०७६ मा पारित भएसँगै विश्वविद्यालयको मान्यता पाएको थियो।
विश्वविद्यालयमा हाल खेलकुद व्यवस्थापनमा स्नातक (बीएसएम), सूचना प्रविधिको स्नातक (बीआइटी) ब्याचलर अफ फार्मेसी (बीफार्म), ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन (बीबीए), ब्याचल अफ आट्र्स ब्याचलर अफ ल (बीएएललबी) र मास्टर अफ इन्फर्मेसन टेक्नोलोजी–आर्टिफिसियल इन्टेलिजेन्स (एमआइटी एआई) विषयहरूको अध्ययन–अध्यापन हुँदै आएको छ।