कमला पन्थी, संचारिका समूह नेपालको अध्यक्षमा निर्वाचित

संचारिका समूहको नवौं महाधिवेशनले पन्थीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो

जनसम्मत
वैशाख ६, २०८२, शनिबार

कमला पन्थी, संचारिका समूह नेपालको नवौँ महाधिवेशनबाट अध्यक्ष कमला पन्थी विजयी भएकी छिन्।

संचारिका समूहको नवौं महाधिवेशनले पन्थीलाई अध्यक्षमा निर्वाचित गरेको हो।

महाधिवेशनको निर्वाचनमा पन्थीले १४९ मत ल्याएर निर्वाचित बनेकी हुन्।

अध्यक्षकी अर्की प्रत्यासी पवित्रा सुनाले ८७ मत ल्याइन्।

नयाँ कार्यसमितिको उपाध्यक्षमा वसन्ती बास्तोला १२८ मतसहित निर्वाचित बनिन्।

उपाध्यक्षकी अर्की प्रतिस्पर्धी लोग्सरी कुँवरले १०० मत ल्याइन्।

महासचिवमा राधा खनाल सर्वसम्मत् निर्वाचित बनिन्।

सचिव उर्वशी बस्न्यात १०७ मतसहित निर्वाचित बनिन्।

सचिवकी अर्की उम्मेदवार नुनुता राईले १०३ मत ल्याइन्।

कोषाध्यक्ष साजना तामाङ १२० मतसहित विजयी बनिन्।

कोषाध्यक्षकी अर्की प्रतिस्पर्धी मञ्जिमा ढकालले १०५ मत ल्याइन्।

सदस्यहरुमा कल्पना शर्मा, विष्णु पन्थी, देवी सापकोटा, अजबी पौडेल, कालिका शिवाकोटी, सम्झना वन, तारा चापागाईं र दीपा रेग्मी निर्वाचित भएका छन्।

संचारिकाको शुक्रबार सुरु नवौँ महाधिवेशनको संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबार उद्घाटन गरेका थिए।