
नेपाल सुपर लिग (एनएसएल) फुटबलको उपाधिका लागि पोखरा र ललितपुरले फाइनल खेल्ने भएका छन्।
काठमाण्डौंको त्रिपुरेश्वरस्थित आज (बुधबार) भएको दोस्रो क्वालिफायर खेलमा पोखरा थन्डर्स एफसीले धनगढी एफसीलाई हराउँदै ललितपुरसँगको भेट पक्का गरेको हो।
ललितपुरले यसअघि नै पहिलो एलिमिनेटर खेलमा धनगढी एफसीलाई हराउँदै फाइनल पुगिसकेको छ।
पोखराले पहिलो एलिमिनेटर खेलमा चितवन एफसीलाई ३–० फरक गोल अन्तरमा हराउँदै दोस्रो क्वालिफायरको यात्रा गरेको थियो।
स्टेफन समिर बिनोङको निर्णायक गोलमा १० जनामा समेटिएको पोखरा थन्डर्सले धनगढी एफसीलाई १–० ले हराउँदै फाइनलमा पुग्यो।
पोखरा पहिलो पटक एनएसएलको फाइनलमा पुगेको हो।
लगातार २ पटक फाइनल खेलको धनगढी यसपटक प्ले–अफबाट नै बाहिरियो।
धनगढी पहिलो क्वालिफायरमा ललितपुर सिटीसँग पराजित भएको थियो।
पोखराका लागि स्टेफन समिर बिनोङले निर्णायक गोल गरेका थिए।
१० जनामा समेटिएको पोखरा थन्डर्सले धनगढी एफसीलाई १–० ले हराउँदै फाइनलमा पुगेको हो।
दोश्रो हाफको इञ्जुरी समयमा आयुष घलानको कर्नरमा स्टेफनले हेडमार्फत गोल गर्दै पोखरालाई जीत दिलाए।
फाइनल खेल शनिवार हुनेछ।